बढ्यो सुन चाँदीको मूल्य
काठमाडाैं | असार १९, २०८०
काठमाडौं: मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४००, तेजावी सनुको मूल्य तोलामा ३५० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख १० हजार रुपैयाँ प्रतितोलाबाट बढेर एक लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ ।
तेजावी सुनको मूल्य एक लाख ९ हजार ५०० रुपैयाँबाट बढेर एक लाख ९ हजार ८५० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले बढेर एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...
पोखरा: कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...

